रणवीर, आलियाको ‘ब्रह्मास्त्र’ मा दक्षिण भारतीय सुपरस्टार नागार्जुन पनि देखिने

 असार २७, २०७५ बुधबार १६:२२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता रणवीर कपूर र आलिया भट्ट फिल्म ‘ब्रह्मास्त्र’ मा सँगै काम गरिरहेका छन् ।

आलिया र रणवीरका साथै यस फिल्ममा बलिउडका महानायक अमिताभ बच्चन पनि छन् । अहिले यस फिल्ममा दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार नागार्जुन पनि देखिने चर्चा भएको छ । 

नागार्जुनले ‘ब्रह्मास्त्र’ को छायाँकन पनि सुरु गरिसकेको बताइएको छ । तर फिल्म निर्माण यूनिटले यस खबरबारे आधिकारी जानकारी दिन बाँकी नै छ । 

खबरहरुका अनुसार नागार्जुन लामो समयदेखि हिन्दी फिल्ममा काम गर्नका लागि इच्छुक थिए । तर राम्रो भूमिका र विषयवस्तु नपाएर उनको इच्छा पूरा भइरहेको थिएन । 

लामो समयको प्रतिक्षा पछि नागार्जुनले सही विषयवस्तु र भूमिकामा काम गर्ने अवसर पाएका छन् । नागार्जुनले फिल्म ‘ब्रम्हास्त्र’ मा काम गर्नु यस फिल्मका लागि नयाँ उपलब्धी हुन सक्नेछ ।  

धर्मा प्रोडक्शनको निर्माण तथा अयान मुखर्जीको निर्देशन रहेको फिल्म ‘ब्रह्मास्त्र’को छायाँकन बुल्गेरियामा भइरहेको छ । 

फिल्मको अधिकांश छायाँकन सकिइसकेको छ । १५० करोडको लगानीमा बनिरहेको यो फिल्म २०१९ को १५ अगष्टमा प्रर्दशन हुनेछ । 

धर्मा प्रोडक्सनको निर्माणमा बनिरहेको यो फिल्म अहिले सम्मका महंगा फिल्म मध्य एक हो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया