एसेज शृंखलाअन्तर्गतकाे तेस्राे टेस्ट स्टिभ स्मिथले खेल्न नसक्ने

 भदौ ३, २०७६ मंगलबार १६:१६:२७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अस्ट्रेलियाका स्टिभ स्मिथ तेस्रो टेस्टबाट बाहिर भएका छन् । लर्ड्समा भएको दोस्रो टेस्टका बेला घाइते भएका उनी तेस्रो टेस्टमा खेल्ने छैनन् ।

एसेज शृंखलाअन्तर्गत दोस्रो टेस्टमा इंग्ल्याण्डका जोफ्रा आर्चरको बलमा स्मिथ घाइते भएका थिए । जारी एसेजमा उत्कृष्ट फर्ममा रहेका उनको बहिर्गमनले अस्ट्रेलियालाई भने ठूलो झड्का लागेको छ । हारिसकेको दोस्रो टेस्ट पनि स्मिथका कारण अस्ट्रेलियाले बराबरी गरेको थियो ।

८० रन बनाएर स्मिथ खेलिरहेका बेला आर्चरले फालेको बाउन्सर बलले गर्धनमा लागेको थियो । चोट बढी भएपछि मैदानमा ढलेका स्मिथलाई फिजियोले मैदान बाहिर लगेका थिए । त्यसपछि क्रिजमा आएका उनले थप १२ रन बनाउँदै आउट भएका थिए । तर दोस्रो पारिमै उनी मैदान उत्रन नसकेपछि अस्ट्रेलियाले स्मिथको ठाउँमा खेलाडी नै रिप्लेस गरेको थियो ।

स्मिथको सब्स्टिच्यूटका रुपमा मैदान आएका मार्नस लबुसेनले ५९ रन बनाएका थिए । स्मिथले पहिलो टेस्टमा पहिलो र दोस्रो दुवै पारिमा शतक बनाएका थिए ।

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया