एटीएमबाट पैसा काटियो, नगद झरेन ?, अब बैंकले ब्याजसहित फिर्ता गर्नुपर्छ

 असार २७, २०७५ बुधबार १७:१८:४२ | उज्यालो सहकर्मी

काठमाडौं – एटीएम मेसिनमा कार्ड घुसाएर नगद माग गरेपछि कहिलेकाँही नगद रकम भुक्तानी भएको स्लिप मेसिनबाट आउने तर नगद नआउने समस्या हुन्छ ।

पैसा नै नझर्ने तर बैंकको खाताबाट पैसा घटेपछि ग्राहक बैंक धाउने, सीसीटीभी हेर्ने लगायतका झन्झटमा परिरहेका हुन्छन् । कतिपय बैंकले त ‘हाम्रो सिस्टममा एटीएमबाट पैसा भुक्तानी भएको देखिएको छ’ भन्दै महिनौंसम्म ग्राहकको खातामा पैसा नहाल्दिने गरेका घटना पनि आइरहेका हुन्छन् । 

तर अब भने खातामा पैसा काटिएको देखाउने तर एटीयमबाट पैसा नझरेको रकमको ग्राहकले व्याजसहित भुक्तानी पाउने भएका छन् । बुधबार सार्वजनिक भएको मौद्रिक नीतिले एटीएमबाट पैसा निकाल्दा कारोबार सफल नहुने तर खाताबाट पैसा काटिएपछि तत्कालै बैंकले भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

यदी बैंकले निश्चित समयसम्म पैसा खातामा जम्मा नगरिदिएमा कारोबार सफल नभएको तर खाताबाट काटिएको पैसाको ब्याज ग्राहकलाई दिनुपर्नेछ । निश्चित समयसम्म कारोबार सफल भएको देखिएर खाताबाट पैसा काटिएको तर एटीएमबाट नगद नझरेको रकम बैंकले खातामा जम्मा नगरेमा व्याज तिर्नुपर्ने व्यवस्था मौद्रिक नीतिमा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

1 Comments

  • bimal dangi

    July 11, 2018, 9:11 p.m.

    यो समस्य रोल्पा को।केही bank.मा नि देखियको छ 35 40 दिन कटिसक्दा नि अहिले सम्म खाता मा जम्मा गर्दिन सकेको छैन bank

  •  0 Reply

तपाईको प्रतिक्रिया