सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाद्वारा आयातित तरकारीमा प्रतिबन्ध

 भदौ ५, २०७६ बिहिबार १५:५८:४७ | सुवास दर्नाल
unn.prixa.net

सोलुुखुम्बु –  कृषकहरुलाई प्रोत्साहन गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले आयातित तरकारीमा रोक लगाउने भएको छ । 

स्थानीय स्तरमा उत्पादित तरकारीले बजार नपाएको अवस्थामा गाउँपालिकाले विभिन्न साझेदार संस्थाहरुसँग मिलेर यस्तो निर्णय गर्न लागेको गाउँपालिका अध्यक्ष सागर किराँतीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्रका कृषकलाई व्यवसायिक कृषितर्फ प्रेरित गर्न पनि बाहिरबाट आयात हुने तराकारीमा कडाइ गरिएको गाउँपालिकाले जनाएको छ । यो विषयमा जी फाउन्डेसन तथा साझेदारी संघ–संस्थासँग सहकार्य भैरहेको गाउँपालिका अध्यक्ष किराँतीको भनाइ छ ।

गाउँपालिकाभित्र प्याज बाहेक अन्य तरकारी आयातमा रोक लागाउने विषयमा गाउँपालिकासँग छलफल भएको पहाडी विकास संरक्षण समूहका कृषि प्राविधिक हर्कराज कुलुङले बताउनु भयो । 

प्याज भण्डारणका लागि उपयुक्त व्यवस्था नभएकाले केही समय प्याज भने आयात गर्न दिइने जनाइएको छ ।     

अन्तिम अपडेट: चैत ११, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया