पाल्पामा नौमती बाजा प्रतियोगिता: सेतिपोखरी समूह पहिलो

 भदौ ६, २०७६ शुक्रबार २०:४२:३७ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा शुक्रबार नौमती बाजा प्रतियोगिता सम्पन्न भएको छ ।

तानसेन नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा जिल्लाका १० समूहले भाग लिएका थिए । शुक्रबार तानसेनको टुँडिखेल मैदानमा भएको प्रतियोगितामा तानसेन नगरपालिका-५ को सेतिपोखरी नौमती बाजा समूह पहिलो भएको छ । प्रतियोगितमा लालुपाते नौमति बाजा समुह वडा नम्बर ७ दोस्रो र चण्डीटोल विकास नौमति बाजा समुह वडा नम्बर ११ तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो हुनेले ५० हजार नगद, दोस्रोले २० हजार र तेश्र्रो हुनेले १० हजार नगद प्राप्त गरेको छ । 

शनिबार तानसेनमा मनाईने एैतिहाशिक भगवती जात्राको अवसरमा प्रतियोगिता आयोजना गरिएको तानसेन नगरपालीकाले जनाएको छ । स्थानिय कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्यले जिल्लामै पहिलोपटक पन्चेबाजाको प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएका छन् । 

अन्तिम अपडेट: चैत ६, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया