जम्मू कश्मीरको अवस्था बुझ्न गएका राहुल गान्धीसहित सबै नेता श्रीनगर विमानस्थलबाट फिर्ता

 भदौ ७, २०७६ शनिबार १८:३४:३३ | एजेन्सी
unn.prixa.net

राहुल गान्धीको नेतृत्वमा जम्मू कश्मीरको अवस्था बुझ्न गएको विपक्षी दलको प्रतिनिधिमण्डललाई श्रीनगरबाट फिर्ता पठाइएको छ । विपक्षी नेताहरु श्रीनगरको विमानस्थलमा पुग्नेपछि हंगामा सुरु भएको थियो । 

श्रीनगर प्रशासनले उनीहरुलाई हवाई अड्डाबाट बाहिर जाने अनुमति दिएको थिएन । जसका कारण सबै विपक्षी नेता सुरक्षा बलको उपस्थितिमा भीआईपी कक्षमा बसेका थिए । 

राहुल गान्धीसँगै कांग्रेस नेता गुमाल नबी आजाद, राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता माजिद मेमन, कम्युनिष्ट पार्टी अफ् इण्डिया (सीपीआई) का नेता डी राजाका अलावा शरद यादवसहित कैयौँ नेताहरु जम्मू कश्मीरको अवस्था बुझ्न त्यसतर्फ जाँदै थिए । 

प्रशासनले यसअघि नै उनीहरुलाई आफ्नो यात्रा स्थगित गर्न अपिल गरिसकेको थियो । 

जम्मू कश्मीरको विशेष दर्जा खारेजीसँगै राज्यलाई दुई ओटा केन्द्रशासित राज्यमा अलग गर्ने निर्णयपछि श्रीनगरलगायत केही शहरहरुमा प्रतिबन्ध लगाइएको छ । यसैबीच जम्मू कश्मीर प्रशासनले विपक्षी नेताहरुलाई नआउन र शान्ति व्यवस्था बनाइराख्नको लागि मद्दत गर्न भनेको हो । 

विमानस्थलबाट फर्काइएपछि एनसीपी नेता मजीद मेमनले आफूहरु त्यहाँ कुनै गडबडी र सरकारको विरोध गर्न नभइ सरकारलाई सुझाव दिनको लागि त्यसतर्फ जान लागेको बताएका थिए । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया