फ्रान्समा माहुरीको विनास गर्ने पाँच वटा कीटनाशक विषादी प्रयोगमा प्रतिबन्ध

 भदौ ८, २०७६ आइतबार १०:४९:३७ | एजेन्सी
unn.prixa.net

फ्रान्समा माहुरीको विनास गर्ने पाँच वटा कीटनाशक विषादीलाई प्रतिबन्ध लगाउने पहिलो देश भएको छ । माहुरी संरक्षणका लागि फ्रानसले क्लोथियानिडिन, इमिडाक्लोप्रिड, थियामेथोक्साम, थियाक्लोप्रिड र एसतामिप्रिड नामक किटनाशकलाई प्रतिबन्ध लगाएको हो । 

यी विषादीले मौरीको अस्तित्व नै हराउन लागेको निक्र्योल गर्दै प्रतिबन्ध लगाइएको फ्रान्सले जनाएको छ । यसअघि युरोपेली सँघ इयूले गएको महिनादेखि बालिनालीमा क्लोथियानिडिन, इमिडाक्लोप्रिड र थियामेथोक्साम प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो ।

अध्ययनले नियोनिकोटिनोइडस्ले मौरीको शुक्राणु गणनालाई काटेर स्मरणशक्तिमा ह्रास ल्याउने देखाएको थियो । वातावरण र माहुरी संरक्षणको क्षेत्रमा काम गर्दै आएकाहरुले प्रतिबन्धको समर्थनमा खुशीयाली मनाएका छन् ।

तर ती किटनासकको प्रतिबन्धले हानिकारण किराले बालीमा क्षती गर्न सक्ने भन्दै किसानले भने चिन्ता व्यक्ति गरेका छन् । संयुक्त राष्ट्र संघले गएको वर्ष ४० प्रतिशत परागसेचन गर्ने जीव विशेषगरी माहुरी र पुतली लोप हुने जोखिम रहेको जनाएको थियो । 

अब यी किटनाशक हरितगृहमा समेत प्रयोग गर्न पाइने छैन ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया