प्रदेश ३ काे प्रदेशसभा बैठकमा प्रदेश लोकसेवा विधेयक पेस

 भदौ ८, २०७६ आइतबार १७:८:४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर - प्रदेश नम्बर ३ को प्रदेश सभाको आइतबारको बैठकमा ‘प्रदेश लोक सेवा आयोगको गठन, काम कर्तव्य, अधिकार र कार्यबिधिका सम्वन्धमा व्यावस्था गर्न वनेको विधेयक पेश भएकाे छ ।

मुख्यमन्त्री डोरमणि पौडेलले याे विधेयक धेयक पेश गर्नु भएको हाे ।

दुई महिनापछि आइतबारदेखि सुरु भएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री पौडेलले विधेयक पेस गरेसँगै प्रदेशस्तरमा पनि लोकसेवा आयोगको गठन गरेर काम गर्ने बाटो खुल्न लागेको छ । अझै पनि प्रदेशका स्थानीय तहमा कर्मचारी अभाव भइरहेको समयमा प्रदेश लोकसेवा आयोगको गठनपछ कर्मचारी भर्ना गर्ने बाटो खुल्नेछ । 

त्यसैगरी मुख्यमन्त्री पौडेलले आजको संसद बैठकमा ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि पेश गर्नु भएको छ । यसअघि पास गरिएको ऐन साउन २१ गतेबाट कार्यान्वयनमा ल्याउने भने पनि प्रदेश सरकारले कार्यान्वयनमा ल्याउन नसकेपछि फेरि संशोधन गरेर संसदमा पेश गरिएको हो ।  

बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले ‘प्रदेश सभा सचिवालय सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्नुभएको छ । यस ऐनमा राजनीतिक नियुक्ति गरिएका कर्मचारीलाई पनि अरु कर्मचारी सरह अधिकार दिन खोजिएको छ ।

राजनीतिक नियुक्ति गरिएका कर्मचारीलाई पनि आर्थिक अधिकारसमेत दिनेगरी ऐन संशोधन गर्न लागिएको बुझिएको छ । आजको बैठकमा ‘सार्वजनिक नीजि साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि पेस गरिएको छ । 

यसैगरी नियमावली संशाेधन मस्यौदा समितिका संयोजक रामेश्वर फुयाँलले  ‘प्रदेश सभा नियमावली २०७४ लाई संशोधन गर्न बनेको प्रदेश सभा नियमावली २०७६ को मस्यौदा पेस गर्नुभएको छ । यसैगरी आजको बैठकमा शिक्षा, स्वास्थ्य, कृषिसमितिका सभापति घनश्याम दाहालले ‘मदनकुमार मण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको छ । 

यसैगरी आजको संसद बैठकमा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले ‘प्रदेश सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को सम्बन्धमा समितिले गरेको निर्णयको प्रतिवेदन सहितको विधेयक पेश गर्नुभएको छ । 

गएकाे असार १२ मा बर्खे अधिवेशनमा चालु आर्थिक वर्ष ०७६।७७ को वार्षिक बजेट पारित गर्दै स्थगित प्रदेशसभा बैठक आजबाट सुरु भएको हो । 
 

अन्तिम अपडेट: चैत २७, २०८०

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया