रोल्पाको वडा कार्यालयमा बम विस्फोट र आगजनी

 भदौ ९, २०७६ सोमबार ११:२८:१२ | माधवकुमार ओली
unn.prixa.net

रोल्पा– परिवर्तन गाउँपालिका–२ को वडा कार्यालयमा आइतबार राति बम विस्फोट र आगजनी गरिएको छ । 

राङसीमा रहेको वडा कार्यालयमा बम विस्फोट भएको वडाध्यक्ष हरिप्रसाद बुढाले बताउनु भयो । उहाँका अनुसार राति १२ बजे बम विस्फोट र आगजनी भएको हो । बम विस्फोटपछि गरिएको आगजनीलाई स्थानीयबासीले नियन्त्रणमा लिएका थिए । 

‘आगो नियन्त्रणमा लिएपछि ठूलो क्षति हुनबाट बचेको छ’ वडाध्यक्ष बुढाले भन्नुभयो । राति नै तत्काल आगो नियन्त्रणमा आएको र अहिले त्यहाँको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिनुभयो ।

यसैबीच वडा कार्यालयले बम विस्फोट र आगजनीको घटनाप्रति विज्ञप्तिमार्फत भर्त्सना गरेको छ । वडाध्यक्ष बुढाले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न प्रशासनसँग आग्रह गर्नु भएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

माधवकुमार ओली

रोल्पाका पत्रकार माधवकुमार ओली उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया