जिल्ला प्रशासन कार्यालय बाराका लेखापाल २५ हजार घुससहित पक्राउ

 भदौ ९, २०७६ सोमबार १९:११:१५ | जयनारायण यादव
unn.prixa.net

काठमाण्डौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्याल बाराका लेखापाललाई घुस रकमसहित पक्राउ गरेको छ । 

आयोगको हेटौंडा कार्यालयबाट खटेको टोलीले जिल्ला प्रशासन कार्यालयका लेखापाल जयदेव सिंह थारुलाई पक्राउ गरेको हो । थारुलाई कलैया भरत चोकको भान्सा घर होटलबाट २५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो । 

फेंटा गाउँपालिकामा कार्यरत रहेको बेला योजनाको रकम भुक्तानी दिएका लेखापाल थारुले कमिसनबापत सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । लेखापाल थारु गएको भाद्र ३ गते फेंटा गाउँपालिकाबाट रवाना लिएर जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका थिए । 

पटक पटक फोनमार्फत सेवाग्राहीलाई घुस रकमको लागि लेखापाल थारुले दबाव दिइरहेका थिए । पक्राउ परेका थारुलाई थप कारबाहीको लागि काठमाण्डौ पठाइने आयोगले जनाएको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया