अमेरिकी डलर विश्व मुद्रामा किन यति शक्तिशाली छ ?

 भदौ १०, २०७६ मंगलबार १३:४२:३७ | एजेन्सी
unn.prixa.net

भारतीय मुद्रा लगातार कमजोर भैरहेको छ । सोमबारको सुरुवाती कारोबारमा भारतीय रुपैयाँ अमेरिकी मुद्राको तुलनामा गिरावट आएको छ । 

बैँक र आयातकर्ताबीच डलरको भारी माग भएका कारण यो गिरावट आएको हो । विदेशी मुद्राका कारोबारीहरुका अनुसार अमेरिका र चीनबीच जारी व्यापार युद्ध यस्तो अवस्था आएको हो । सोमबार चिनियाँ मुद्रामा पनि भारी गिरावट आयो । 

अमेरिकी डलर विश्वभरि यति मजबुत किन छ ? डलर माग किन धेरै भैरहेको छ ? र विश्वका सबै देश आफ्नो विदेशी मुद्रा भण्डारमा डलरलाई नै किन राख्छन् ? यो यस्तो प्रश्न हो जसको जवाफबाट रुपैयाँको कमजोरी र डलरको मजबुती बुझिन्छ ।

अमेरिकी मुद्रा डलरको पहिचान एक वैश्विक मुद्रा बनिसकेको छ । अन्तर्राष्ट्रिय व्यापारमा डलर र युरोको लोकप्रियता र स्वीकार्यता छ । विश्वभरिको केन्द्रीय बैँकमा जहाँ विदेशी मुद्रा भण्डार हुन्छ, त्यहाँ ६४ प्रतिशत अमेरिकी डलर हुन्छ ।

यस्तो अवस्थामा डलर आफैँ वैश्विक मुद्रा बन्दै गएको छ । डलर वैश्विक मुद्रा हो र यो नै डलरको मजबुती र अमेरिकी अर्थव्यवस्थाको ताकत हो । 

इन्टरनेसनल स्ट्याण्डर्ड अर्गनाइजेसन लिस्टका अनुसार विश्वभरि १८५ मुद्रा छन् । यीमध्ये अधिकांश मुद्राको प्रयोग आफ्नै देशभित्र मात्रै हुन्छ । कुनै पनि देशको मुद्रा विश्वमा कति प्रचलति छ भनेर जान्नका लागि त्यो देशको अर्थव्यवस्था र शक्तिमा निर्भर रहन्छ । 

विश्वको सबैभन्दा शक्तिशाली मुद्रा युरो हो, जुन विश्वभरिको केन्द्रीय बैँकको विदेशी मुद्रा भण्डारमा १९ दशमलव ९ प्रतिशत छ ।  

प्रस्ट हुन्छ, डलरको मजबुती र स्वीकार्यता अमेरिकी अर्थव्यवस्थाको शक्तिलाई दर्शाउँछ । कुल डलरको ६५ प्रतिशत डलरको प्रयोग अमेरिका बाहिर नै हुन्छ । 

विश्वभरिको ८५ प्रतिशत व्यापारमा डलरको संलग्नता छ । विश्वभरिको ३९ प्रतिशत कर्जा डलरमा दिइन्छ । यही कारणले विदेशी बैँकहरुको अन्तर्राष्ट्रिय व्यापारमा डलरको जरुरी हुन्छ । 

डलर वैश्विक मुद्रा किन हो ?

सन् १९४४ मा ब्रेटनवुड्स सम्झौतापछि डलरको वर्तमान मजबुतको स्थितिको सुरुवात भएको थियो । यसअघि धेरैजसो देश केवल सुनलाई सबैभन्दा राम्रो मानक मान्दथे । ती देशका सरकार विदेशी मुद्रा सुनको मागको मूल्यको आधारमा तय गर्ने गर्दथे । 

न्यू हैम्पशरको ब्रेटन वुड्समा विश्वको विकसित देश मिले र उनीहरुले अमेरिकी डलरलाई आधार मानेर सबै मुद्राको विनिमय दर तय गरे । त्यस समय अमेरिकासँग विश्वको सबैभन्दा धेरै सुनको भण्डारण थियो । यो सम्झौताले दोस्रो देशहरुको सुनको सट्टा आफ्नो मुद्राको डलरको समर्थन गर्ने अनुमति दिए । 

सन् १९७० को सुरुवातमा कैयौँ देशले डलरको बदला सुनको माग सुरु गरेका थिए, किनकि उनीहरुलाई मुद्रास्फीतिसँग लड्न जरुरी थियो । त्यस समय राष्ट्रपति निक्सनले फोर्ट नक्सलाई आफ्नो सबै भण्डारण समाप्त गर्ने अनुमति दिनुको सट्टा डलरलाई सुनबाट अलग गरिदिए । त्यतिञ्जेलसम्म डलर विश्वको सबैभन्दा खास सुरक्षित मुद्रा बनिसकेको थियो । 

मार्च २००० मा चीर र रुसले एक नयाँ वैश्विक मुद्राको माग गरे । उनीहरु चाहन्थे कि विश्वको लागि एक आरक्षित मुद्रा बनोस्, ‘जुन कुनै एकलौटी देशबाट अलग होस् र लामो समयसम्म स्थिर रहन सक्षम होस्, यस प्रकार क्रेडिट आधारित राष्ट्रिय मुद्राहरुको प्रयोगबाट हुने नोक्सानलाई हटाउन सकियोस् ।’

चीनलाई डलरको मुद्रास्फीति तय भएको खण्डमा खरबौँ डलर कुनै कामको नहुने हो कि भन्ने डर थियो । तसर्थ चीनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग डलरको स्थानमा नयाँ मुद्रा बनाउन माग गरेको थियो । 

सन् २०१६ मा चीनको युआन विश्वको एक र ठूलो आरक्षित मुद्रा बनिसकेको थियो । सन् २०१७ मा विश्वको केन्द्रीय बैँकमा १०८ अर्ब डलर थियो । यो एक छोटो सुरुवात हो तर भविष्यमा यो बढ्ने क्रम जारी हुनेछ । 

यही कारण चीन उसको मुद्रा वैश्विक विदेशी मुद्रा बजारमा व्यापारका लागि प्रयोग गर्न चाहन्छ । चीन डलरको स्थानमा युआनलाई वैश्विक मुद्राको रुपमा प्रयोग गर्न चाहन्छ । यसकै लागि चीन आफ्नो अर्थव्यवस्थामा सुधार गरिरहेको छ । 

सन् २००७ मा फेडरल रिजर्भका प्रमुख एलेन ग्रीनस्पेनले युरोले डलरको स्थान लिन सक्ने बताएका थिए । सन् २००६ को अन्तिमसम्म विश्वभरिको केन्द्रीय बैँकको कुल विदेशी मुद्रा भण्डारणमा युरो २५ प्रतिशत भयो, डलर भने ६६ प्रतिशत थियो । विश्वको केही भागमा युरो प्रभुत्व पनि छ । युरोपियन युनियन विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएकोले युरो पनि मजबुत देखिएको हो । 

अन्तिम अपडेट: असोज १२, २०७६

तपाईको प्रतिक्रिया