बाढी आएपछि काभ्रेमा १७ जना मजदुर अलपत्र, ढुंगामा बसेर उद्धारको आश गर्दै

 असार २८, २०७५ बिहिबार ९:१५:३२ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – बुधबार रातिदेखिको वर्षाका कारण नदीमा बाढी आउँदा काभ्रेमा १७ जना अलपत्र परेका छन् । 

नमोवुद्ध नगरपालिका वडा नम्बर ६ को खाक्सीमा खानेपानी मर्मतका लागि गएका १५ जना खोलामा अलपत्र परेका प्रहरी निरीक्षक रविराज थपलियाले जानकारी दिनुभयो ।

नमोबुद्ध मै डिप बोरिङ गरिरहेका दुईजना पनि रोसी खोलामा फसेका छन् । उनीहरु खोलाको बीचमा रहेको ढुंगामा बसिरहेका छन् । उनीहरुलाई नेपाली सेनाको हेलिकोप्टर लगेर उद्धार गर्ने तयारी भैहरेको उहाँले बताउनुभयो । 

 

अन्तिम अपडेट: चैत ६, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया