भक्तपुरमा पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको मृत्यु

 असार २८, २०७५ बिहिबार ९:४०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – पहिरोले घर पुरिँदा एकै घरका तीन जनाको ज्यान गएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा पर्ने मझुवामा पहिरोले कच्ची घर पुरिँदा सुतिरहेका ७० वर्षीया हिराबहादुर लामा, उहाँकी श्रीमती ६५ वर्षीया सानुमाया र साढे दुई वर्षकी नातिनी सम्पदालाई पहिरोले पुरेको भक्तपुरका प्रमुख अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो ।

ज्यान गुमाउने लामाका छोरा बुहारी पक्की घरमा सुतेकाले बाँचेका छन् । प्रमुख अधिकारी भट्टका अनुसार  राति पहिरोले घर पुरे पनि बिहान साढे ६ बजेतिर मात्रै खबर आएको थियो । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया