सुनको भाउ घट्यो

 भदौ १०, २०७६ मंगलबार १०:५०:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँ घटेको छ । सुन मंगलबार तोलाको ७२ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक हजार रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो ७३ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ मंगलबार १३ डलरले घटेको छ । सोमबार प्रति औँस १५ सय ४२ डलरमा कारोबार भएको सुन मंगलबार प्रति औँस १५ सय २९ डलरमा झरेपछि नेपाली बजारमा पनि थोरै भाउ घटेको हो ।

चाँदीको भाउ भने मंगलबार घटबढ भएको छैन । चाँदी तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया