प्रतिएमबी ३ पैसामा  नेपाल टेलिकमको इन्टरनेट सेवा

 भदौ १०, २०७६ मंगलबार १६:४३:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल टेलिकमले सहुलियत दरमा ग्राहकहरुलाई इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

दैनिक रुपमा प्रयोग गर्न सकिने गरी कम्पनीले ‘प्रतिदिन एक जीबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो ।  

कुनै अत्यावश्यक काम पर्यो वा कतै कुरेर बस्नुपर्दा इन्टरनेटको प्रयोग गर्नुपर्यो भने तत्काल यो सुविधा प्रयोगमा ल्याउन सकिन्छ । यसका लागि कम्पनीले २४ घण्टा अर्थात् एकदिन प्रयोग गर्न सकिने गरी छुट योजना ल्याएको छ । 

यो सुविधा लिनका लागि 1D1G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । सुविधा लिइसकेपछि २४ घण्टासम्म प्रयोग गर्न सकिने गरी जम्मा १ जीबी डाटा चलाउन सकिने कम्पनीले जनाएको छ । यसका लागि जम्मा ४५ रुपैयाँ करसहित शुल्क लाग्दछ । यस छुट योजनामा प्रति एमबी करसहित ४.५० पैसा लाग्दछ । 

यसैगरी कम्पनीले सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जीबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ । यो सेवा सुरु गर्न 7D7G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यसमा ७ दिनसम्म प्रतिदिन १ जीबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रति एमबी करसहित ३.५ पैसा मात्र लाग्दछ । 

नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जीबीको सुविधा लिन सकिन्छ । यस प्याकेजमा जम्मा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जीबी डाटा चलाउन पाइन्छ । यो सुविधा प्रयोग गर्नका निम्ति  28D28G लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । यो सेवा दैनिक १ जीबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ । यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रति एमबी करसहित जम्मा ३ पैसा मात्र पर्दछ ।

नेपाल टेलिकमको वेबसाइट https://www.ntc.net.np/pages/view/latestoffers मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ । कम्पनीको एप Nepal Telecom बाट पनि यससम्बन्धी जानकारी प्राप्त गर्न र प्याकेज खरिद गर्न सकिनेछ ।

अन्तिम अपडेट: बैशाख १०, २०८१

3 Comments

  • Amrit

    Aug. 30, 2019, 11:12 a.m.

    Net is very slow , so first you need to upgrade speed.

  •  0 Reply
  • Deepak mainaly

    Aug. 30, 2019, 6:55 a.m.

    इन्टरनेट स्पीड बढाउनुपर्यो , देशभर ४ जी सेवा पुर्याउनुपर्यो , तब मात्र नेपाल टेलिकमको नेट चल्छ / साधारण फेसबुक खोल्न नै १० मिनेट लाग्ने नेट कसले खर्च गर्छ रु ४५ चाहिँ , कमसेकम एनसेल जतिको त हुनुपर्यो /

  •  0 Reply
  • Hari Rawal

    Aug. 28, 2019, 12:53 a.m.

    Dear News agency, The news is not sufficient because you have not mentioned the internet speed provide by Nepal Telecom on this promotion. Regards, Hari

  •  0 Reply

तपाईको प्रतिक्रिया