मौसम : केही समय खुले पनि फेरि पानी पर्ने

 असार २८, २०७५ बिहिबार १०:३८:२५ | उज्यालो सहकर्मी

काठमाडौं – उपत्यकासहित देशका विभिन्न भूभागमा पानी परिरहेको छ । मनसुन सक्रिय भएकाले रातीदेखि पानी परिरहेको र दिनभरि नै झरि पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।
 
महाशाखाकी मौसमविद् मन्जु बासीका अनुसार एकदुई घण्टा केही कम भएर मौसम खुलेपनि आज दिनभरी नै धेरै ठाउँमा झरी पर्ने अनुमान गरिएको छ । 

बुधबार राती काठमाडौंमा ८८ मिलिमिटर पानी परेको उहाँले जानकारी दिनुभयो । मध्य र पश्चिममा धेरै पानी परे पनि पूर्वी क्षेत्रमा भने थोरै मात्र वर्षा भएको छ ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया