बंगलादेशका महिलाले अब विवाहको फारममा कुमारीत्व उल्लेख गर्न नपर्ने

 भदौ ११, २०७६ बुधबार ९:३:५६ | एजेन्सी
unn.prixa.net

बंगलादेशका महिलाले अब विवाह दर्ता फारममा कुमारीत्व उल्लेख गर्न नपर्ने भएको छ ।

बंगलादेशको सर्वोच्च अदालतले विवाह दर्ता फारममा ‘कुमारी’ भन्ने शब्दको ठाउँमा अनम्यारिड (अविवाहित) शब्द राख्न आदेश दिएको छ । फारममा ‘विधवा’ र ‘सम्बन्ध विच्छेद’ शब्द यथावत् राखिएको छ । 

बंगलादेशमा महिला अधिकारकर्मीहरुले विवाह दर्ताको फारममा ‘कुमारी’ भन्ने शब्द अपमानजनक रहेको आरोप लगाउँदै आएका थिए । गएको आइतबार अदालतले गरेको यो फैसलाको उनीहरुले स्वागत गरेका छन् । अदालतले अब श्रीमानले पनि आफ्नो विवाह दर्ताको फारममा विवाह पूर्वको वैवाहिक अवस्था खुलाउनुपर्ने आदेश दिएको छ ।

अदालतले विवाहपूर्व पुरुष पनि अविवाहित, सम्बद्ध विच्छेद वा विधुर भनेर खुलाउन आग्रह गरेको छ । अदालतको पूर्ण आदेश सार्वजनिक भएपछि केही समयमा कार्यान्वयनमा ल्याइने बताइएको छ ।

अदालतले अविवाहित ब्याख्या गर्ने बंगाली ‘कुमारी’ भन्ने शब्द हटाउन भनेको हो । यसको अर्को अर्थ ‘भर्जिन’ भन्ने पनि हुन्छ ।

वकिलहरुको एउटा समूहले सन् २०१४ मा यस सम्बन्धमा मुद्दा हालेका थिए । उनीहरुले विवाह सम्बन्धी फारम अपमानजनक र महिलाको गोपनीयतामा असर पार्ने खालको भएको जनाएका थिए ।

– बीबीसी हिन्दीबाट 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया