मेक्सिकाेकाे एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाकाे ज्यान गयाे

 भदौ ११, २०७६ बुधबार १८:२५:१३ | एजेन्सी
unn.prixa.net

मेक्सिकोको वेराक्रुज राज्यमा रहेको एउटा बारमा आगलागी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ । 

मंगलबार राति वेराक्रुज राज्यको दक्षिणी भागको कोट्जाकोल्कोसमा आगलागी भएको हो । महान्यायाधिवक्ताको कार्यालयले घटनाको निन्दा गर्दै ‘दुर्भाग्यपूर्ण आक्रमणको कारण’ के हुनसक्छ भनेको छ । 

ज्यान गुमाउनेमा ८ जना महिला र १५ जना पुरुष रहेको महान्यायाधिवक्ताको कार्यालयले जानकारी दिएको छ । गम्भीर घाइते भएका १३ जनाको अस्पतालमा उपचार भैरहेको छ । 

कोट्जाकोल्कोस मेक्सिकोको तटको खाडीमा रहेको बंदरगाह शहर हो । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया