अफगानिस्तानमा १८ वर्ष पुरानो युद्ध अन्त्य होला त ?

 भदौ १२, २०७६ बिहिबार ११:५५:१९ | एजेन्सी
unn.prixa.net

तालिबानले कतारमा अमेरिकासँग भैरहेको वार्ता अन्तिम चरणमा रहेको र चाँडै नै सकारात्मक खबर आउन सक्ने बताएको छ । 

यदि अमेरिका र तालिबानबीच शान्ति वार्ता सफल भयो भने आफगानिस्तानमा १८ वर्षदेखि चलिरहेको अस्थिर अवस्था समाप्त हुन सक्छ । यो अफगान शान्ति वार्ताको पहिलो चरण हो र यसपछि दोस्रो चरणको वार्ता सुरु हुनेछ । 

अमेरिकी सुरक्षा बलले अफगानिस्तानबाट बाहिरिने आफ्नो योजना राख्नेछ । दुई पक्ष मिलेर अमेरिकी सेना अफगानिस्तानबाट कहिले फिर्ता हुने विषयमा निर्णय गर्नेछन् ।

यसको अलावा तालिबानले अफगानिस्तानले भविष्यमा अन्य देशका लागि खतरा अवस्थाको सिर्जना नगर्ने र अलकायदा जस्ता चरमपन्थी समूहसँग सम्बन्ध नराख्ने ग्यारेण्टी दिनेछ । 

यही दुई विषयमा गएको एक वर्षदेखि तालिबान र अमेरिकाबीच शान्ति वार्ता चलिरहेको छ र अहिले वार्ताको नवौँ चरण चलिरहेको छ । आगामी दिनमा यी दुई विषयमा सम्झौता हुने अनुमान गर्न सकिन्छ ।

यसपछि तालिबान र दोस्रो अफगानिस्तान एकआपसमा बस्नेछन् र अफगान शान्ति वार्ताको दोस्रो चरण सुरु हुनेछ । 

दोस्रो चरणको वार्तामा आफगान सरकार पनि सामेल हुनेछ । एक टिम तालिबानको हुनेछ र अर्काे टिम राजधानी काबुलबाट आउनेछ । काबुलको टिममा वर्तमान सरकारका सदस्यका अलावा सिभिल सोसाइटी र राजनीतिक दलका प्रतिनिधि पनि हुनेछन् । यो एक किसिमको समावेशी प्रतिनिधिमण्डल हुनेछ । 

यद्दपि यी दुई पक्षबीचको वार्ता कहिले पूरा हुन्छ भनेर समय तोक्न सकिएको छैन । यी दुई पक्षले अफगानिस्तानको भविष्यको तरिका कस्तो हुन्छ, चुनावको केही भूमिका हुन्छ कि हुँदैन, यसको अलावा महिलालाई अधिकार, सञ्चारमाध्यमको स्वतन्त्रता र नागरिक स्वतन्त्रताजस्ता विषयमा वार्ता गर्नेछन् । जुन निकै मुश्किल मामिला हुनेछ । 

दोस्रो चरणको वार्तामा अमेरिकाको भूमिका पनि त्यति हुनेछैन, किनकि अमेरिकाले केवल पर्यवेक्षकको भूमिका निभाउन सक्नेछ । 

पछिल्लो १८ वर्षमा अफानिस्तानमा पहिलो पटक सैन्य शक्ति नभइ वार्ताको माध्यमबाट समस्या सुल्झाउन सकिने नतिजा सबै पक्ष पुगेका छन् । 

कसरी स्थानीय देश र क्षेत्रीय शक्तिहरुको सहयोग र समर्थन हासिल गर्न सकिन्छ, यो निकै चुनौतीपूर्ण हुन सक्छ । किनकि अफगानिस्तानमा यो लडाइ केवल अफगानिस्तानको मात्र होइन यसको क्षेत्रीय र अन्तर्राष्ट्रिय आयाम पनि छ । 

तालिबान र अफगानिस्तान सरकार कुन हदसम्म सम्झौताको लागि तयार हुन्छन्, यही नै कठिन र मुश्किल परिस्थिति हुनेछ । तालिबानका लागि अफगानिस्तानमा विदेशी सुरक्षा बलको उपस्थिति ठूलो विषय हुनेछ । यो विषय हल भैसकेपछि अफगास्तिान भित्र एक घरेलु संवादको ढोका खुल्नेछ । 

त्यही संवादमा प्रणाली कस्तो प्रकारको हुन्छ, अधिकार कस्ता हुनेछन् र तालिबानको भूमिका के हुन्छ भन्ने बारेमा बहस हुनेछ ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया