कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
इरानको अदालतले बुर्का (हिजाब) को बाध्यता समाप्त गर्नका लागि अभियान चलाउने एक युवतीलाई २४ वर्षको जेल सजाय सुनाएको छ ।
बुर्काको विरोधमा ‘ह्वाइट वेनस्डे’ अभियान चलाउने २० वर्षीया युवती अफसरीलाई तेहरानको इस्लामिक रेभोल्युसनरी अदालतले सुनाएको निर्णयलाई लिएर विश्वभरि नै निन्दा गरिएको छ ।
सजाय सुनाउँदै न्यायाधीशले भने, ‘महिलाहरुको हिजाब उतारेर देशमा भ्रष्टाचार र वेश्यावृत्तिलाई बढावा दिएको छ । यसर्थ २४ मध्ये १५ वर्षको जेल सजाय तपाईँलाई यी दुई अपराधको लागि दिन गइरहेका छौँ ।’
अफसरी र उनकी आमा राहीला अहमदी इरानमा चलाइएको 'ह्वाइट वेनस्डे' अभियानका प्रमुख हुन् । अफसरीलाई यसअघि सन् २०१८ को अगष्टमा तेहरानबाट गिरफ्तार गरिएको थियो । त्यसबेला उनलाई एक वर्षको जेल सजाय सुनाइएको थियो तर विश्व समुदायको दबावमा उनलाई फेब्रुअरी महिनामा नै रिहा गरिएको थियो ।
के हो 'ह्वाइट वेनस्डे' अभियान ?
इरानमा सामाजिक सञ्जालमा हिजाबविद्ध अभियान चलिरहेको छ, जसको माध्यमबाट महिलाहरुलाई बिना हिजाबको तस्बिर शेयर गर्नका लागि अपिल गरिएको छ । जसको माध्यमबाट महिला सशक्तीकरणसँग जोडेर हेरिएको छ । यो अभियानको पहिलो दुई हप्तामा २०० ओटा भिडियो पोस्ट भए भने ५ लाख मानिसहरुले हेरे ।
त्यसपछि तेहरानको रेभोल्युसनरी अदालतले यस्तो गर्ने महिलालाई १ देखि १० वर्षसम्मको सजाय दिने आदेश दियो । त्यसयता सयौँ महिला जेल गैसकेका छन् । यो हप्तामात्रै १२ जना महिलाले सजाय पाइसकेका छन् ।