न्यूनतम साझा कार्यक्रम र सङ्कल्प प्रस्ताव ल्याउनु ठूलो कुरा होइन,...
चैत १५, २०८० बिहिबार
कपिलवस्तु – पौडी खेल्ने क्रममा खोलाले बगाउँदा एक युवकको ज्यान गएकाे छ ।
ज्यान जानेमा मायादेवी गाउँपालिका –३, फुलिकाका १६ वर्षीय एजाज दर्जी रहेको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो स्थानीय मर्थी खोलामा पौडी खेल्ने क्रममा उनलाई खोलाले बगाएको थियो ।
बुधबारदेखि खोलाले बगाएर बेपत्ता भएका दर्जीको शव आज दिउँसो १ बजे खोजीको क्रममा भेटिएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक सन्तोष पोखरेलले बताउनुभयो ।