महासंघका पूर्व सभापति दाहाललाई स्वतन्त्रता सेनानी सम्मान

 असार २८, २०७५ बिहिबार १६:३:३० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाललाई पाँचथरमा यसवर्षको स्वतन्त्र सेनानी सम्मान पुरस्कारबाट सम्मान गरिएको छ । 

नेपाल पत्रकार महासंघ शाखा पाँचथरले हरेक वर्ष प्रदान गर्ने सेनानी सम्मान पुरस्कार बिहीबार फिदिममा एक समारोहकाबीच यस वर्षको पुरस्कार तथा सम्मानबाट दाहाललाई सम्मान गरिएको हो ।

सम्मान पत्रसहित पुुरस्कार राशी २२ हजार २ सय २२ रुपैँया रहेको छ । यसअघि यो सम्मान पुरस्कार पहिलोपटक महासंघका पूर्व सभापति विष्णु निष्ठुरिलाई प्रदान गरिएको थियो । त्यसपछिका वर्षमा महासंघका पूर्व सभापतिहरु शिव गाउँले र किशोर नेपलालाई पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । 

पत्रकारिताको माध्यमबाट नागरिक स्वतन्त्रताको लागि महत्वपूर्ण योगदान पु¥याउने पत्रकारलाई यो पुरस्कार तथा सम्मान प्रदान गरिँदै आएको छ । यस्तै समारोहका बीच महासंघ शाखा पाँचथरबाट हरेक वर्ष वितरण हुने स्व. हरिचरण भद्रमाया वातावरण पत्रकारिता पुरस्कार पाँचथरकी पत्रकार राधा गौतमलाई प्रदान गरिएको छ । स्थानीय रेडियो मितेरीमा आवद्ध गौतमलाई पाँच हजार पाँच सय ५५ रुपैँया पुरस्कार राशीसहित सम्मान पत्र प्रदान गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत २८, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

1 Comments

  • Rameshwor karki

    July 12, 2018, 5:12 p.m.

    स्वतन्त्रता सेनानी सम्मान केन्द्रले मात्र प्रदान गर्दै आएको कुरा सबैमा बिदितै छ | त्यसमाथि तारानाथ दाहाल संबिधानसभा निर्बाचनमा नेपाली काँग्रेसबाट टिकट लिएर सिन्धुपाल्चोकमा चुनाब लडेका व्यक्ति हुन् | यो सब नाटक केका लागि ? दिनेले चाकडी भजाउन दियो भन्दैमा लिनेलाई त लाज हुनु पर्ने हो ! खैर केहि छैन यहाँ भन्दा बढी बोले स्वतन्त्रता सेनानीको मान हानी होला, फेरी मुलुकमा अधिनायकबाद आएको ठहर्ला ! जय नेपाल भागशान्ति !

  •  0 Reply

तपाईको प्रतिक्रिया