सर्लाहीमा फौजी किराकाे आतंक: किसान चिन्तित

 भदौ १३, २०७६ शुक्रबार १८:४८:२८ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही - सर्लाहीमा फौजी किराले मकै बाली नष्ट पार्न थालेपछि किसान चिन्तित भएका छन् ।

एक सातादेखि अमेरिकी फौजी किराले बरहथवा नगरपालिकाको हजरिया, बागमती नगरपालिकाको राजघाट र हरिवन नगरपालिकाको नयाँरोड क्षेत्रमा किसानहरुले लगाएको सयौँ हेक्टरको मकै बाली नष्ट पार्न थालेको छ।

अत्याधिक मकै उत्पादन हुने सर्लाहीको हजरिया र राजघाटमा अहिलेसम्म फौजी किराले झण्डै १२ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको हाइब्रिड जातको मकै खाएर नष्ट पारेकाे बरहथवा नगरपालिका-१ का वडाध्यक्ष रत्नबहादुर गिरीले जानकारी दिनुभयो । त्यस क्षेत्रमा दिनदिनै किराको प्रकोप बढ्न थालेपछि बिहीबार बरहथवा नगरपालिकाका जनप्रतिनिधि, कृषि ज्ञान केन्द्र सर्लाहीका प्रविधिक र बरहथवा नगरपालिका अन्तर्गत कृषि शाखाका टोलीले प्रभावित क्षेत्रको अनुगमन गरेका छन्।

फौजी किरा प्रभावित क्षेत्रमा किसानलाइ विषादि उपलब्ध गराएर छर्कन सुझाव दिइएको  बरहथवा नगरपालिकाका कृषि शाखा  प्रमुख अरुणकुमार महतोले जानकारी दिनुभयो।

फौजी किरा प्रभावित बरहथवा नगरपालिका, बागमती नगरपालिका र हरिवन नगरपालिकमा एक हजार पोकाको दरले किटनाशक औषधि पठाइसकेको कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवान्नद रायले जानकारी दिनुभयो । फौजी किराले रातको समयमा बालीलाइ बढी क्षति पुर्‍याउने भएकाले विषादी रातको समयमा छर्कन उहाँले किसानहरुलाइ सुझाव दिनुभयो।

रातकाे समयमा सक्रिय हुने फौजी किराले मकैको पातबाट खान सुरू गरेर पुरै मकैको बोट खाइसक्ने  पीडित किसानहरुकाे भनाइ छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया