प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं –डाक्टर गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् ।
डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्दै थाल र चामल उपहार दिएका हुन् ।
प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेडिकल कलेज सञ्चालकको घरमा बसेर जुम्लाको मार्सी चामलको भात खाने तर जुम्लामा एमबीबीएस पढाई नभएको र जुम्लामा अनसन बसेका डाक्टर केसीका माग पुरा नभएको भन्दै समर्थकले वालुवाटार अगाडी थाल र चामलसहित प्रदर्शन गरेका हुन् ।
तर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रतिनिधिले भने मार्सी चामल र थाल उपहार लिन नमानेको समर्थक प्रितम सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो । ‘यो हामीले किन लिने लिन्नौं भन्दै उहाँहरुले चरेसको थाल र चामल प्रधानमन्त्रीका प्रतिनिधिले बहिष्कार गर्नुभयो, हामी चाँही नारा लगाएर फर्कियौं ।’ सुवेदीले भन्नुभयो । प्रदर्शनमा नागरिक समाज, मानवअधिकारवादी, विद्यार्थी प्राध्यापक लगायतको सहभागिता थियो ।
भैरव प्रकाश शाह
July 12, 2018, 8:18 p.m.मार्सिचामल र चरशको थालमा बगेर्नो भैसीको घिउ र राडि ज्यूलाको मासको दाल अनि डोल्पाको भाङ्गो (अचार खानको लागि ) अपुग भएर होला नलिएको ।