धादिङका २९ जना विदेशमा हराए

 असार २८, २०७५ बिहिबार १६:४९:४१
unn.prixa.net

काठमाडौं –  धादिङबाट वैदेशिक रोजगारीमा गएका २९ जना हराएका छन् । सुरक्षित आप्रवासन परियोजना सञ्चालन भएको ४ वर्षमा हराएका व्यक्तिका परिवारले दिएको निवेदनका आधारमा परियोजनाले यस्तो जानकारी गराएको हो । 

चार वर्षमा ४९ जना हराएको निवेदन परियोजनाले सञ्चालन गरेको सूचना केन्द्रमा परेकोमा केन्द्रको सहयोगमा २० जना सम्पर्कमा आएका छन् । उनीहरुमध्ये ११ जना घर फर्किएको केन्द्रका परामर्शकर्ता विनोद ढकालले बताउनुभयो । 

चार बर्षमा केन्द्रमा ४ सय ४४ वटा निवेदन दर्ता भएको र २० हजार ८ जनालाई परामर्श दिइएको केन्द्रले  जनाएकाे छ। रोजागारीमा जानेमध्ये मलेसिया जाने धेरै समस्यामा पर्ने गरेको पाइएको परियोजना सञ्चालन गरिरहेको सिड्स धादिङकी कार्यक्रम संयोजक गंगा सुवेदीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया