ट्रयाक्टर दुर्घटनामा दुई जनाको ज्यान गयो

 भदौ १४, २०७६ शनिबार १६:२४:५६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - आठबीसकोट नगरपालिका-६ को दामाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा शनिबार दुई जनाको ज्यान गएको छ ।

भे १ च ६८९३ नम्बरको ट्रयाक्टर शनिबार बिहान ८ बजे ठूलीभेरी नदी किनारमा खस्दा चालकसहित ३ जना घाइते भएका छन् । चालक आठबीसकोट नगरपालिका–६ दामाचौरका २० वर्षीय चन्द्रबहादुर वादी, १७ वर्षीय बलबहादुर विक र १५ वर्षीय मोहन बोहरा घाइते भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताउनु भयो ।

पाइप बोकेकाे ट्रयाक्टर सडकभन्दा एक सय मिटर तल खसेको बताइएको छ ।

दुर्घटनामा नाम नखुलेका १ जना र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ का १६ वर्षीय धनबहादुर विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते सबैलाई उपचारका लागि आठबीसकोट नगर अस्पताल लगिएकाे छ ।

अन्तिम अपडेट: चैत ८, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया