गाजामा राहत सामग्री पुर्याउनका लागि अनुमति दिन इजरायललाई र...
चैत १६, २०८० शुक्रबार
धादिङ - धादिङकाे खरीबाट धादिङबेसीतर्फ आउँदै गरेको जीप आइतबार दुर्घटना हुँदा १५ जना यात्रु घाइते भएका छन् ।
तिजमा माइत हिँडेका यात्रुबोकेर जाँदै गरेको बा १ झ ५४३१ नम्बरको जीप नीलकण्ठ नगरपालिकाकाे धाैखाेलामा अर्को गाडीलाई उछिन्ने क्रममा पल्टिएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनेेमा १० जना महिला र ५ जना पुरुष रहेका छन् । दुर्घटनामा सामान्य घाइते भएका १३ जनाकाे हरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने दुई जनालाई थप उपचारका लागि काठमाण्डौकाे ट्रमा सेन्टरमा पठाइएको छ ।
घाइतेहरुकाे सूची
नीलकण्ठ नगरपालिका बस्ने २९ वर्षीय सोम बहादुर मंग्राती, २२ वर्षीय लक्ष्मी रोक्का, १२ वर्षीय रमेश रोक्का‚ २५ वर्षीया गिता रोक्का‚ २२ वर्षीय धन बहादुर दुवाडी ६ वर्षीया रोचिता गुरुङ १० वर्षीया सरिता रोक्का, १० वर्षीया पार्वति नेपाली‚ ५० वर्षीया देब कुमारी थापा मगर, ५० वर्षीय मायादेवी आले, १० वर्षीया सुनिल बालकोटी, १३ वर्षीया सिर्जना नेपाली‚ ज्वालामुखी -५ खरी बस्ने १७ वर्षीया सरस्वती गुरुङ
काठमाण्डौ रिफर भएका घाइतेहरु
धादिङ जिल्ला, नीलकण्ठ नगरपालिका बस्ने ३१ वर्षीय राम बहादुर दुवाडी र त्यसै ठाउँकी ६५ वर्षीया काली गुरुङ
धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।