वैदेशिक रोजागारीमा जानेलाई ठग्दै उदयपुरका म्यानपावर

 असार २८, २०७५ बिहिबार १७:५२:५ | रासस
unn.prixa.net

उदयपुर – उदयपुरमा रहेका केही म्यानपावरले युवालाई काम र तलबको झठो विवरण देखाएर पठाएर ठग्ने गरेको पाइएको छ । केही युवालाई म्यानपावरले राम्रो काम र तलब हुने भन्दै पठाए पनि उनीहरुले विदेशमा यहाँ भनेको काम नपाएर समस्यामा परेका छन् । 

जाँतेका केशर रार्ईलाई डेढ वर्षअघि गाईघाटकै एक मेनपावरले राम्रो काम र तलब हुने भन्दै एक लाख ७० हजार लिएर साउदी अरब पठाएको थियो । तर भनेको काम र तलब नपाएपछि उहाँ घर फर्किनुभएको छ । 

चौदण्डी नगरपालिका–३ हँडियाका किशोर चौधरी दुई वर्षअघि गाईघाटको सनलाइट ओभरसिजबाट साउदी अरब जानुभयो । उहाँलाई १५ सय रियाल तलब दिने भनेपनि ५०० रियालमात्र पाउनुभयो । ‘साउदी अरब पुगेपछि मात्र गैर कानूनी रुपमा विदेश आएको थाहा पाएँ’ उहाँले भन्नुभयो । 

पछिल्लो ७ महिनामा यसरी ठगिएका ३१ जनाले म्यानपावरविरुद्ध मुद्दा दर्ता गरेको सुरक्षित आप्रवास परियोजनाका संयोजक सोनम राईले बताउनुभयो । ३१ वटा मुद्दामध्ये १२ वटामा मुद्दा आफूहरुले प्रशासन र प्रहरीसँग मिलेर न्याय दिलाएको संयोजक राईले बताउनुभयो ।

गाईघाटमा दर्ता विना सञ्चालन भएका म्यानपावर धेरै छन् ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया