फुजेल घटनामा अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ: अध्यक्ष दाहाल

 असार २८, २०७५ बिहिबार १८:३२:३० | रासस
unn.prixa.net

चितवन - नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ । 

बिहीबार आयोजित पत्रकार सम्मेलनमा उहाँले समाजमा सकारात्मक वातावरण बनाउनका निम्ति समझदारी र जिम्मेवारीका साथ छविलाल पौडेल अहिले कारागारमा रहेको बताउनुभयो । 

मुद्दाको अर्काे पक्षले के गर्छ भन्ने उहाँहरुकै कुरा भएको भन्दै उहाँले भन्नुभयो, ‘योभन्दा बढी टिप्पणी गर्नु अहिले उचित ठान्दिनँ ।’ 

फरक प्रसंगमा उहाँले प्रदेशका राजधानी तोकिसकिएका ठाउँ नबदल्ने हो कि भन्ने तर्क आएको बताउँदै भन्नुभयो, ‘एक ठाउँमा प्रदेश राजधानी बदल्दा चारैतिर हावा चल्ने हो कि भन्ने चिन्ता राजनीतिक नेतृत्वमा देखापरेको छ ।’

प्रदेशको राजधानी तोक्ने जिम्मेवारी प्रदेशलाई नै भएको बताउँदै उहाँले प्रदेश नं ३ को राजधानीका विषयमा पार्टीले कुनै धारणा नबनाएको बताउनुभयो । 

अर्काे एक प्रसंगमा उहाँले डा गोविन्द केसीको सम्बन्धमा चिकित्सक संघसँग छलफल भएको भन्दै डा केसीलाई काठमाडौं ल्याएर उपचार गर्ने र वार्ता गर्ने विषयमा अविलम्ब पहल गर्न आफूले सुझाव दिएर आएको बताउनुभयो । 

केसीका माग हुबहु सम्बोधन हुन नसक्ने भन्दै उहाँले अन्तिम फैसला गर्ने अधिकार संसद्लाई भएको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया