३० हजार घुससहित गाउँपालिकाका लेखापाल अख्तियारको फन्दामा

 असार २८, २०७५ बिहिबार १९:२९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

बारा – बारामा बिहीबार एकजना लेखापाल घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले बाराको फेंटा गाउँपालिकाका लेखापाल सौरभ साहलाई पक्राउ गरेको हो ।

प्रहरी नायव उपरीक्षक दिनेश घिमिरेको नेतृत्वमा खटिएको आयोगको टोलीले साहलाई ३० हजार घुस लिँदै गर्दा रंगेहात पक्राउ गरेको हो । 

साहलाई गाउँपालिकाको कार्यालयबाट नै आयोगको टोलीले नियन्त्रणमा लिएको हो । ग्रामिण सचेतना केन्द्र बरियारपुरलाई कार्यक्रमको भुक्तानी गर्न साहले ३० हजार घुस लिएका थिए ।

एचआईभी एड्ससम्बन्धी सचेतनामूलक कार्यक्रम गरेको ग्रामिण सचेतना केन्द्रलाई एकलाख रकम भुक्तानी गर्न लेखापाल साहले ३० प्रतिशतका दरले ३० हजार घुस लिएका थिए ।


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया