धादिङमा जीप दुर्घटना : १० जना घाइते

 भदौ १७, २०७६ मंगलबार १९:४१:५९ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर–२, भुलभुलेमा मंगलबार भएको जीप दुर्घटनामा १० जना घाइते भएका छन् ।

ग १ ज ६०६१ नम्बरको बोलेरो जीप धादिङबेसीबाट पात्लेतर्फ जाँदै गर्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानाकारी दिनुभयो ।

यात्रु लिएर गाउँतर्फ जाँदै गरेको अवथामा अनियन्त्रित भई सडकबाट पल्टिएपछि १० जना घाइते भएका हुन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । अवस्था गम्भीर भएका घाइतेलाई थप उपचारका लागि काठमाण्डौ ट्रमा सेन्टरमा पठाइएकाे छ भने ६ जना घाइते जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनापछि स्थानीय र प्रहरीले घटनामा उद्धार गरेका थिए ।

अन्तिम अपडेट: चैत १४, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया