१५ वर्षअघि र अहिलेको काठमाडौं (भिडियो कथा)

 असार २८, २०७५ बिहिबार २०:२५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - काठमाडौं उपत्यकालाई कंक्रिटको जंगल समेत भनिन्छ । हुन पनि काठमाडौंमा घर यसरी थपिंदैछन् कि कुनै दिन धापासी, बालकोट र जोरपाटी बस्ने मान्छे समेत खाली ठाउँ खोज्दै टुंडिखेल नै पुग्नुपर्ने हुन सक्छ ।
 
१५ वर्षअघि चक्रपथभित्रका शहरमा मात्र घर र भवन धेरै थिए । अहिले चक्रपथ आसपास र बाहिरका वस्ती समेत घरैघरले भरिन थालेका छन् । केही वर्षअघिसम्म धानका बाला झुल्ने र लटरम्म तरकारी फल्ने फाँटहरु बिस्तारै हराउँदैछन् । धेरै फाँटहरुमा त घर ठडिसके, घर बन्न बाँकी ठाउँहरु पनि धमाधम घडेरी बन्दैछन् । 

त्यति मात्रै होइन, अव्यवस्थित सहरीकरणकै कारण पटक पटक भक्तपुरसहित काठमाडौं उपत्यका डुबानमा पर्ने गरेको छ । खोलानाला समेत मिचेर सहर बसाएकै कारण बर्खाको पानीको निकास हुन पाएको छैन ।  

हेर्नुहोस् १५ वर्षअघि र अहिलेको काठमाडौं 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया