कश्मीर प्रतिबन्धलाई लिएर बेलायतमा प्रदर्शन : भारतीय उच्च आयाेगमा ढुङ्गा, अण्डा र जुत्ता-चप्पल फ्याँकियाे

 भदौ १८, २०७६ बुधबार १७:२६:४० | एजेन्सी
unn.prixa.net

बेलायतमा रहने कश्मीरीहरुले भारत प्रशासित कश्मीरमा जारी प्रतिबन्धलाई लिएर बुधबार विरोध प्रदर्शन गरेका छन् । 

यो विरोध प्रदर्शनलाई ‘फ्रीडम मार्च’ दिइएको छ । पहिला यो जुलुस शान्तिपूर्ण थियो तर भारतीय उच्चायाेग नजिकै पुग्दा त्यसले उग्र रुप लियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरुले त्यहाँ ढुङ्गा, अण्डा, गोलभेँडा र जुत्ता–चप्पल फ्याँके । 

टाइम्स अफ् इण्डियाले लेखेको छ, ‘प्रदर्शनकारीहरुले त्यहाँ ‘स्मग बम’ र बोत्तलहरु फ्याँके र भारतीय उच्चायोगको झ्याल फोड्ने कोसिस गरेका थिए ।’

भारतीय उच्चायोगले एउटा तस्बिर ट्विटरमा पोस्ट गरेको छ, जहाँ झ्यालको सिसा चर्किएको देखिन्छ । समाचार संस्था पीएका अनुसार दुई प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ । 

लण्डनका मेयर सादिक खानले भारतीय उच्च आयोगको झ्यालमा भएको तोडफोडलाई लिएर आलोचना गरेका छन् । 

प्रदर्शनकारीहरुले बोकेका कैँयौ ब्यानरहरुमा कश्मीरमा संयुक्त राष्ट्रसंघको प्रस्तावलाई लागू गर्ने कुरा पनि लेखिएको थियो । गएको अगष्ट ५ मा भारत सरकारले कश्मीरको विशेष राज्यको दर्जा दिने धारा ३७० का केही प्रावधानहरु निष्प्रभाव गरेको थियो । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया