हङकङ सरकारद्वारा 'विवादास्पद' सुपुर्दगी विधेयक फिर्ता

 भदौ १८, २०७६ बुधबार १८:५३:१० | एजेन्सी
unn.prixa.net

हङकङमा महिनौदेखि विरोध प्रदर्शन गर्ने लोकतन्त्र समर्थकहरुको संघर्ष अन्ततः सफल भएको छ । हङकङ सरकारले सुपुर्दगी विधेयक फिर्ता लिएको छ । 

हङकङ सरकारकी प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयक फिर्ता लिने बताएकी हुन् । गएको अप्रिल महिनामा पेस गरिएको विधेयकले आपराधिक क्रियाकलाप गरेकाहरुलाई मुख्य भूमि चीनमा हस्तान्तरण गर्न अनुमति दिन्थ्यो । 

गएको जुन महिनामा विधेयक स्थगन गरिएपछि उनलाई त्यसलाई मृत भनेकी थिइन् तर उनले विधेयक फिर्ता लिन भने मानेकी थिइनन् । 

विधेयक फिर्ता लिनु प्रदर्शनकारीहरुको प्रमुख ५ मागमध्ये एक थियाे । उनीहरु पूर्ण लोकतान्त्रिक अधिकार प्राप्तका लागि पनि प्रदर्शन गर्दै आइरहेका थिए । 

हङकङमा लाखौं मानिसहरु सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्, यही विवादास्पद प्रत्यर्पण विधेयकलाई लिएर प्रदर्शनकारी र प्रहरीबीच हिंस्रक झडप पनि भएको थियो । 

यो कानुनका अनुसार यदि कुनै व्यक्ति अपराध गरेर हङकङ पुगेको अवस्थामा उसलाई जाँच प्रक्रियाको लागि चीन पठाउन सकिन्थ्यो । हङकङ चीनको एक स्वायत्त द्वीप हो । चीनले यसलाई आफ्नो सम्प्रभु राज्यको हिस्सा मान्छ ।  

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया