सुनको भाउमा फेरि नयाँ रेकर्ड : तोलाको एक लाख ३९ हजार तीन स...
बैशाख ७, २०८१ शुक्रबार
बेलायतमा समयअघि नै आम चुनाव गराउने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्ताव अस्वीकृत भएको छ ।
बेलायती संसदको तल्लो सदन हाउस अफ कमन्समा भएको मतदानमा आम चुनावको पक्षमा दुई तिहाइ मत ल्याउन नसकेपछि प्रधानमन्त्री जोनसोनको प्रस्ताव अस्वीकृत भएको हो ।
प्रधानमन्त्री जोनसनको प्रस्तावको पक्षमा २ सय ९८ र विपक्षमा ५६ मत खसेको थियो । प्रस्ताव पारित हुन सदनको दुई तिहाइ अर्थात् ४ सय ३४ मत ल्याउन आवश्यक रहेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री जोनसनले आउँदो अक्टोबर १५ तारिखमा आमचुनाव गर्न प्रस्ताव गर्नुभएको थियो । बुधबार सांसदले सहमति बिनाको ब्रेक्जिटलाई रोक्ने विधेयक पारित गरेपछि आमचुनावका लागि प्रधानमन्त्री जोनसनले संसद्मा प्रस्ताव पेस गरेका थिए ।
यसअघि सांसदहरूले सहमति बिनाको ब्रेक्जिट रोक्नेसम्बन्धी विधेयक पारित गरेका थिए ।