यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाडौं – सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका ४ मा सल्लेडाँडामा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । ३ जनाको घटनास्थलमै र दुई जना क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी तिपेनीबाट मानेखर्कका लागि छुटेको लु १ ख ९९९ नम्बरको जीप दुर्घटना हुँदा पाँचपोखरी थाङपालधाप गाउँपालिका – ३ का जयरानी तामाङ, भिमबहादुर तामाङ, पदम तामाङ, सुनमाया तामाङ र नानी तामाङको ज्यान गएको हो ।
जीप पल्टिँदा घाइते भएका ८ जनालाई उपचारका लागि अहिले बिहान काठमाडौंको शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी छ ।