युभेन्टसले रोनाल्डोलाई भित्र्याएको विरोधमा इटालीमा हडताल !

 असार २९, २०७५ शुक्रबार ११:१६:६ | एजेन्सी
unn.prixa.net

क्रिष्टियानो रोनाल्डोलाई ११२ मिलियन युरोमा अनुबन्ध गरेको विरोधमा फियाट कारको उत्पादक कम्पनी फियाट क्रिसलर प्लान्टका कामदारहरु हडतालमा उत्रिएका छन् ।
 
फियाट कार उत्पादक कम्पनी र युभेन्टस क्लब इटलीको एउटै एग्नेली घरानाले सञ्चालन गर्दै आएको छ । तर, कम्पनीका कर्मचारी युनियनले गरेको निर्णय अनुसार यसले फियाटका लागि लगानी कमजोर हुनेछ ।
 

उनीहरुले भनेका छन् कि कुनै एकजनालाई सम्बृद्ध पार्नुको सट्टा कम्पनीमा रहेका हजारौं मानिसहरुको भविष्यको ग्यारेन्टी गर्नुपर्छ । कर्मचारी युनियनका अनुसार यो अस्वीकार्य छ कि कम्पनीले एउटा खेलाडी भित्र्याउनका लागि लाखौं युरो खर्च गरिरहँदा फियाट क्रिसलर प्लान्टका कर्मचारीहरुले ठूलो आर्थिक बलिदान दिएका छन् ।
 
युभेन्टसले ३३ वर्षीय रोनाल्डोसँग ४ वर्षका लागि गएको मंगलबार सम्झौता गरेको थियो । क्लबले उनलाई बढी मूल्य दिएको विश्लेषकहरुले बताएका छन् ।
 
तर, फुटबलका फाइनान्स विज्ञ रब विल्सनले भने रोनाल्डोलाई मोहरा बनाएर युभेन्टसले उनलाई तिरेको मूल्य भन्दा बढी कमाउन सक्छ । त्यसैले उसले पाका खेलाडीलाई धेरै पैसा दिएको भनेर पछुताउनुपर्ने छैन ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया