पत्रकार महासंघका अध्यक्ष आचार्यलाई पितृशोक

 भदौ २३, २०७६ सोमबार ८:२८:३० | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल पत्रकार महासँघका अध्यक्ष गोविन्द आचार्यलाई पितृशोक परेको छ । उहाँका बुबा यामप्रसाद आचार्यको ६८ वर्षको उमेरमा सोमबार बिहान काठमाण्डौको कीर्तिपुरमा रहेको निवासमा निधन भएको हो । उहाँ केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।

उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि उहाँको पार्थिव शरीरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख कृष्णबहादुर महरा लगायत नेता, पत्रकार लगायतले श्रद्धाञ्जली अर्पण गरेका छन् ।
 

अन्तिम अपडेट: मंसिर १८, २०७६

तपाईको प्रतिक्रिया