साउनदेखि रेडियोमा गीत बजेको रोयल्टी तिर्नुपर्ने

 असार २९, २०७५ शुक्रबार १३:३२:४६ | उज्यालो सहकर्मी

रेडियोहरुले आउँदो आर्थिक वर्षदेखि गीत बजाएबापत रोयल्टी तिर्नुपर्ने भएको छ ।

निजी रेडियोको संगठन बान, सामुदायिक रेडियोहरुको छाता संगठन अकोराव तथा संगीत, प्रस्तोता र संगीत उत्पादकको रोयल्टी संकलन गर्ने संस्थाबीच रेडियोले गीत बजाएबापत रोयल्टी तिर्ने सम्झौता भएको बानका अध्यक्ष चन्द्र न्यौपानेले जानकारी दिनुभयो । 

जसअनुसार रेडियोको वाट अनुसार रोयल्टीको दर पनि तोकिएको छ ।

१ सय वाटसम्मका रेडियोले वार्षिक २५ सय रुपैयाा, १ सयदेखि पाँचसय वाटसम्मका रेडियोले ४५ सय रुपैयाँ, ५ सयदेखि १ हजार वाटसम्मका रेडियोले वार्षिक ८ हजार रुपैयाँ र १ हजारभन्दा बढीका रेडियोले वार्षिक १२ हजार रुपैयाा रोयल्टी बुझाउनुपर्नेछ । 

यो सम्झौता आउँदो साउनदेखि लागू हुने र प्रत्येक पुस मसान्तभित्रमा रोयल्टी रकम सबै रेडियाेहरुले बुझाइसक्नुपर्ने सम्झौतामा उल्लेख छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

3 Comments

  • Eros

    July 13, 2018, 3:59 p.m.

    बनेपछि अब नेपाली गीत बज्न छोड्छ /

  •  0 Reply
  • Narayan Rana

    July 13, 2018, 3:32 p.m.

    राम्रो भयो, तर कति choti बजाएको दर हो त्यो?

  •  0 Reply
  • बिमल खेवाछाली सुलभ

    July 13, 2018, 3:05 p.m.

    यो एकदमै राम्रो कुरा हो स्रष्टाहरुको लागि थप राहत मिल्ने छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया