वुमन्स च्याम्पियन्स लिग क्रिकेट असाेज २१ देखि

 भदौ २३, २०७६ सोमबार १७:२२:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

वुमन्स च्याम्पियन्स लिग क्रिकेट (डब्ल्यूसीएल) आउँदो असोजको २९ गतेदेखि सुरु हुने भएको छ । 

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्वी लामाले असोज २९ गतेदेखि कार्तिक ७ गतेसम्म कीर्तिपुर मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको बताउनु भयो । 

प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने छन् । त्यसका लागि ५ फ्रेन्चाईज टिम र मार्की खेलाडीका साथै खेलाडीहरु पनि ड्राफ्ट प्रक्रियामार्फत यसअघि नै तय भैसकेको छ ।

प्रतियोगितामा सहभागिता जनाउने टिममा ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्यापिटल्स रोयल्स काठमाण्डौ, चितवन राइनोज र विराटनगर टाइटन्स रहेका छन् ।

जसमा ललितपुरको मालिक श्रीजना जोशी छन् भने मार्की खलाडी नेरी थापा छन्, पोखरा पल्टनको मालिकमा विनायक पोखरेल छन् भने मार्की खलाडी सीता रानामगर छिन् । यस्तै क्यापिटल्स रोयल्स काठमाण्डौको मालिकमा दिपा अग्रवाल र मार्की खेलाडी रुविना क्षेत्री रहेकी छिन् ।

चितवन राइनोजमा मिङमा डण्डु शेर्पा र मार्की खेलाडी इन्दु बर्मा छिन् । प्रतियोगिताको अर्को टिम विराटनगर टाइटन्सको अध्यक्षमा पारस लुनिया र मार्की खेलाडीमा सरिता मगर छिन् । 

पोखरामा पुरुष क्रिकेटको पोखरा प्रिमियर लिगको आयोजना गरेको क्विन्स इभेन्ट्सले महिला क्रिकेटको प्रबर्द्धनका लागि पनि यो प्रतियोगिता गर्न लागेको हो ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया