मनाङमा चीनले ३५ करोडको लागतमा अस्पताल बनाइदिने

 भदौ २३, २०७६ सोमबार १७:५४:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल र चीनका परराष्ट्र मन्त्रीको नेतृत्वमा द्विपक्षीय प्रतिनिधि मण्डलस्तरीय वार्ता सम्पन्न भएको छ । चार वर्षको अन्तरालमा परराष्ट्र मन्त्रीस्तरीय वार्ता काठमाण्डौमा भएको हो ।

परराष्ट्र मन्त्रीस्तरीय बैठकपछि नेपाल र चीनबीच विभिन्न ३ वटा विषयमा सम्झाैता भएकाे छ । चीनले नेपाललाई आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ५ हजार थान पाल दिने तथा नेपाली शैक्षिक प्रतिष्ठानमा चिनियाँ भाषा अध्यापन गराउनका लागि चिनियाँ स्वयमसेवक उपलब्ध गराउने विषयमा सम्झौता गरिएको छ ।

त्यस्तै मनाङमा अस्पताल निर्माणका लागि चीन सरकारले ३५ करोड रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

वार्तामा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, सचिव वैरागी, अर्थ सचिव राजन खनाल, परराष्ट्र मन्त्रालयका सहसचिव कालीप्रसाद पोखरेललगायत वरिष्ठ अधिकारी सहभागी हुनुहुन्थ्यो ।

चीनका तर्फबाट विदेशमन्त्री वाङ यी नेतृत्वको टोलीमा विदेश सचिव लु झाउबी, नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छी, चिनियाँ अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सीआईडीसीए) का उपाध्यक्ष, विदेश मन्त्रालयको एसिया विभागका अधिकारीलगायत वरिष्ठ चिनियाँ अधिकारी वार्तामा सहभागी हुनुहुन्थ्यो  ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • सृजना सुनार

    Sept. 9, 2019, 8:29 p.m.

    माग्न त असली गतिलाे कुरा पाे माग्नु पर्दथ्याे। इज्जत फ्याकनु गहतकाे झाेलमा। माग्नै नजान्नेले के माग्नु त्यस्ता कुरा देशलाई नै परिवर्तन गर्ने कुरा पाे माग्नु पर्दथ्याे ।

  •  0 Reply

तपाईको प्रतिक्रिया