सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

 भदौ २४, २०७६ मंगलबार १३:१०:३४ | बृजराज कुशवाह
unn.prixa.net

नवलपरासी – बलात्कारको आरोपमा पक्राउ परेका ९ जनालाई पश्चिम नवलपरासी प्रहरीले ५ दिन म्याद थप गरी अनुसन्धान थालेको छ ।

एक लघु वित्त संस्थामा काम गर्ने १९ वर्षीया युवती अफिसतर्फ जाँदै गरेको अवस्थामा बाटोमा रोकेर उखुबारीमा लगेर बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेको र १ जना फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) प्रकाश श्रीमलले बताउनुभयो ।

पक्राउ पर्नेहरुमा नवलपरासी जिल्ला सुस्ता गाउँपालिका– ३ का २२ वर्षीय सन्दीप यादव, ३७ वर्षीय भिमलाल मुसहर, ४५ वर्षीय सुरेन्द्र यादव, ३५ वर्षीय मनमोहन राजभर, २२ वर्षीय शिवराज राजभर, २२ वर्षीय राज मुसहर, ४० वर्षीय नेत्र चौधरी, १९ वर्षीय पिन्टु राजभर र १९ वर्षीय अमरनाथ भेडीहार रहेका छन् ।

प्रहरीले जिल्ला अदालतबाट ५ दिने म्याद लिएर घटनाको अनुसन्धान अगाडि बढाएको छ । आरोपीत सबैलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय परासीमा राखिएको प्रहरी नायव उपरीक्षक (डीएसपी) विरेन्द्र थापाले बताउनुभयो । 

उहाँका अनुसार आरोपीतहरुले किशोरीलाई धम्की दिएर उखुबारीमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ । समयमै उजुरी परेका कारण आरेपितलाई पक्राउ गर्न सकिएको प्रहरी निरीक्षक श्रीमलले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १६, २०८०

बृजराज कुशवाह

बृजराज कुशवाह नवलपरासी सुस्ता पश्चिमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

 

तपाईको प्रतिक्रिया