रुकुममा बस दुर्घटना: १ को मृत्यु, १६ घाईते

 असार २९, २०७५ शुक्रबार १५:१२:४७ | राजु लामिछाने
unn.prixa.net

रुकुम (पश्चिम) - रुकुम(पश्चिम)को सदरमुकाम सल्लेबाट मुसिकोट खलंगा आउँदै गरेको ना. ५ ख ६५१० नम्बरको बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै ज्यान गएको छ भने १६ जना घाईते भएका छन् । 

मृत्यु हुनेमा मुसिकोट नगरपालिका १ छिङकी २२ वर्षिया सपना मल्ल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम निमित्त प्रहरी प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिनुभएको छ ।

घाईतेहरु अधिकाँश मुसिकोट नगरपालिका १ छिङका रहेका छन् ।

घाईते हुनेहरुमा चन्द्र विक, देवी केसी, विष्णु वुढाथोकी, अन्जु भण्डारी, झरना थापा, विष्णु खड्का, दिपीका बुढाथोकी, जेनिस ओली, अमृता ओली, मनिषा विसी थलबहादुर विक, जेनेसी चन्द, कमला चन्द, प्रवेश थापा र नविना थापा रहेका छन् ।

घाइतेहरुमध्ये ५ जनाको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पताल सल्लेले जनाएको छ ।

बस चालकलाई निन्त्रिणमा लिएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया