श्रीलंकाका १० खेलाडी सिरिज खेल्न पाकिस्तान नजाने

 भदौ २४, २०७६ मंगलबार १४:३०:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकाका कप्तान दिमुथ करुणारत्ने, लसिथ मालिंगा र एन्जेलो म्याथ्युजसहित १० जना मुख्य खेलाडी पाकिस्तान भ्रमणमा नजाने भएका छन् ।

श्रीलंकाली टिमले दुई सातापछि पाकिस्तानमा तीनवटा एक दिवसीय र तीनवटा टी–२० खेल खेल्दैछ । सुरक्षाका कारण खेलाडीहरुलाई पाकिस्तान जाने वा नजाने भन्ने निर्णय गर्न छुट दिइएको थियो ।

सन् २००९ मा पाकिस्तान भ्रमणमा रहेको श्रीलंकाली टिममाथि आतंकवादी हमला भएको थियो । जुन घटनामा दुई जना सर्वसाधारण र ६ जना सुरक्षाकर्मीको ज्यान गएको थियो भने ६ जना खेलाडी घाइते भएका थिए ।

त्यसपछि पाकिस्तानले अहिलेसम्म घरेलु मैदानमा टेस्ट खेल्न पाएको छैन । श्रीलंका क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै ‘सुरक्षाको विस्तृत जानकारी गराएपछि पाकिस्तान जाने वा नजाने निर्णय गर्न भनिएको थियो’ भनेको छ ।

तीन सिनियर खेलाडीसँगै निरोशन डिकवेला, कुशल परेरा, धनञ्जय डि सिल्भा, थिसारा परेर, अकिला धनञ्जया, सुरंगा लक्मल र दिनेश चण्डिमल पनि पाकिस्तान नजाने भएका छन् ।

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया