सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
विश्वकप छनोट प्रतियोगिताअन्तर्गत मंगलबार भैरहेको खेलमा नेपालले चाइनिज ताइपेईविरुद्ध १–० को अग्रता लिएको छ ।
नेपालका लागि खेल सुरु भएको तीन मिनेटमै अञ्जन विष्टले गोल गर्दै अग्रता दिलाएका हुन् । नेपाली समयअनुसार ४ः५५ बजेदेखि खेल सुरु भएको हो ।
ताइपेईविरुद्धको खेलका लागि नेपाली प्रशिक्षक योहान कलिनले एक जना मात्र फरवार्ड राखेका छन् । फरवार्डमा विमल घर्ती मगर मात्र रहेका छन् ।
कुवेतविरुद्धको खेलमा जस्तै ताइपेईविरुद्ध पनि कलिनले पाँच जना मिडफिल्डर उतार्ने भएका छन् । मिडफिल्डरमा विशाल राई, सुजल श्रेष्ठ, रविशंकर पासवान, अञ्जन विष्ट र रोहित चन्द छन् । त्यस्तै डिफेन्समा अनन्त तामाङ, दिनेश राजवंशी, देवेन्द्र तामाङ र रञ्जित धिमाल छन् ।