संस्कृतिविद् सत्यमाेहन जोशीकाे नाउँमा सिक्का सार्वजनिक

 भदौ २४, २०७६ मंगलबार १८:४६:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले संस्कृतिविद् सत्यमोहन जोशीको तस्वीर अंकित १००, १००० र २, ५०० दरका सिक्का सार्वजनिक गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार ललितपुरमा आयोजित एक कार्यक्रममा संस्कृतिविद् जोशीको जन्म शताब्दीको अवसर पारेर अंकित गरिएका ती सिक्का सार्वजनिक गर्नुभएको हो ।

नेपाली संस्कृतिमा महाविद्यावारिधिको उपाधि समेत प्राप्त गर्नु भएका उहाँले विभिन्न नेपाली नोटहरुमा अंकित चित्रहरुको विगत ४० वर्षयता सांगोपाङ अध्ययन गरी नेपाल राष्ट्र बैंकलाई दिँदै आउनु भएको सुझावको कदरस्वरुप नेपाल राष्ट्र बैंकले उहाँको तस्बिर अंकित ती दरका सिक्का सार्वजनिक गरेको हो ।

अर्थमन्त्री खतिवडाले नेपाल राष्ट्र बैंकको शुद्धिकरणमा उहाँले पुर्‍याउनु भएको योगदानको कदर गर्दै नेपाल राष्ट्र बैंकले उहाँको तस्बिर अंकित सिक्का पनि सार्वजनिक गरेको पनि स्पष्ट पार्नुभयो ।

ललितपुर महानगरपालिकाको पहलमा नेपाल राष्ट्र बैंकले सिक्कामा तस्बिर अंकित गरेर शताब्दी पुरुष जोशीको सम्मान गरेको हो ।

 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया