पोर्चुगलको जितमा रोनाल्डोको चार गोल

 भदौ २५, २०७६ बुधबार ६:५५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई पाँच एकको भारी अन्तरले हरायो । मंगलबार राति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे ।

प्रतियोगितामा पोर्चुगलको यो लगातार दोस्रो जित हो ।

एकतर्फी बनेको खेलको सातौं मिनेटमा नै रोनाल्डोले टिमका लागि पहिलो गोल गरे । २८ औं मिनेटमा लिथुवानियाले एक गोल गर्दै खेल एक एकको बराबरीमा पुर्‍याए । पहिलो हाफ एक–एक गोलको बराबरी भएको खेलको ६१ औं मिनेटमा,६५, र ७६ औं मिनेटमा लगातार रोनाल्डोले गोल गरेपछि खेलमा पोर्चुगलले चार एकको अग्रता बनायो ।

त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा विलियन कारभाल्होले गोल गर्दै पोर्चुगललाई पाँच एकको जित दिलाए । यो जितपछि पोर्चुगलको समुह बी मा चार खेलबाट ८ अंक भएको छ ।

यस्तै, समूह एच अन्तर्गत फ्रान्सले एन्डोरालाई तीन शून्यले हरायो । पाँचौ खेलमा जित निकाल्ने क्रममा फ्रान्सले एन्डोरा विरुद्ध सहज जित हात पार्यो । खेलको १८ औं मिनेटमा कोमनको गोलमा अग्रता बनाएको फ्रान्सले ५२ औं मिनेटमा लेंगेटको गोलमा दोब्बर बनायो । 

त्यसपछि इन्जुरी समयमा बेन येडेरले गोल गर्दै फ्रान्सलाई तीन शून्यको जित दिलाए । यो जितपछि फ्रान्सको समुहमा पाँच् खेलमा १५ अंक भएको छ । 

समुह ए अन्तर्गत इंग्ल्याण्डले कोसोभमाथि पाँच तीनको जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो मिनेटमा नै बेर्साको गोलमा कोसोभले अग्रता बनाएको थियो । तर त्यसपछि इंग्ल्याण्डले लगातार पाँच गोल गर्‍यो ।

आठौं मिनेटमा रहिम स्ट्रलिङले गोल गरे भने १९ औं मिनेटमा हेरी केनले दोस्रो गोल गरे । यस्तै, ३८ औं मिनेटमा इंग्ल्याण्डले उपहार गोलमा अग्रता तीन एकमा पुर्यायो । यस्तै ४४ औं र पहिलो हाफको इन्जुरी समयमा सान्चोले लगातार दुई गोल गरेपछि इंग्ल्याण्ड पहिलो हाफमा नै पाँच एकको अग्रता बनायो ।

दोस्रो हाफमा कोसोभले दुई गोल फर्काएपनि हार भने टार्न सकेन । इंग्ल्याण्डको प्रतियोगितामा लगातार चौथो जित हो । उसको १२ अंक भएको छ ।

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया