रुखले च्यापेर एक बालकको ज्यान गयो, एक घाइते

 भदौ २५, २०७६ बुधबार ८:४१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

दाङ – रुखले च्यापेर दाङमा एक बालकको ज्यान गएको छ । अर्का एक बालक घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका– ६ सोतीटोलका हरिप्रसाद खत्रीका १० वर्षीय छोरा सुजन खत्रीको रुखले च्यापेर ज्यान गएको हो । स्थानीय दुुर्गा खत्रीका ९ वर्षीय छोरा तिलक खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

रुखले च्याप्दा सुुजनको घटनास्थलमै ज्यान गएको थियो । घटनामा गम्भीर घाइते तिलकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ ।

स्थानीय खमारी च्युुरिडाँडा प्राथमिक विद्यालयबाट घर फर्कने क्रममा मंगलबार बेलुकी रुख ढलेर उनीहरुलाई थिचेको थियो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया