चाइनिज ताइपेइविरुद्ध जित हासिल गरेको नेपाली टोली स्वदेश फिर्ता

 भदौ २६, २०७६ बिहिबार ६:४२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

कतार विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत चाइनिज ताइपेइविरुद्ध ऐतिहासिक अवे जित हासिल गरेर राष्ट्रिय फुटबल टोली बुधबार साँझ स्वदेश फर्किएको छ । 

राति १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पा लगायतले स्वागत गरे ।

विश्वकप तथा एसियन कपको छनोट प्रतियोगिताको समूह बी मा रहेको नेपालले गत साता कुवेतविरुद्ध उसैको मैदानमा ७(० को लज्जास्पद पराजय ब्यहोरेको थियो । 

तर दोस्रो खेलमा नेपालले आफूभन्दा ४१ स्थान माथि रहेको चाइनिज ताइपेइलाई उसैको मैदानमा २–० गोलअन्तरको सानदार जित निकालेको थियो । 

नेपालको जितमा अन्जन विष्टले दुवै गोल गरेका थिए । छनोट प्रतियोगितामा नेपालले पहिलो ३ अंक जोड्न सफल भएको थियो । 

समूह बी को आफ्नो तेस्रो खेलमा नेपालले असोज २३ गते अस्ट्रेलियासँग क्यानबेरामा खेल्नेछ । त्यसको ५ दिनपछि चौथो खेलका लागि जोर्डन पुग्नेछ ।

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया