पहिरोले पासाङ ल्हामू मार्ग अवरुद्ध, पाइपमा टेकेर जोखिमपूर्ण यात्रा गर्दै पैदलयात्री

 भदौ २६, २०७६ बिहिबार ८:५९:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – पहिरोका कारण बुधबार साँझदेखि पासाङ ल्हामू मार्ग अवरुद्ध भएपछि सवारी आवागमन ठप्प भएको छ ।

सडक खण्डअन्र्तगत जिल्लाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक भत्किएपछि सवारी सञ्चालन रोकिएको हो ।

पहिरोका कारण मानिस हिँड्ने बाटो समेत छैन । एनसेलले बिछ्याएको फाइबरको पाइपमा टेकेर पैदलयात्रुहरु जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।

बाटो खुल्न चार/पाँच दिन लाग्ने अनुमान गरिएको छ । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया